मेलम्ची भ्रष्टाचार: पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद सजाय, १० करोड बिगो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कडा सजाय सुनाएको छ । ठाकुरलाई ८ वर्ष १ महिना कैद र १० करोड १० लाख रुपैयाँ बिगो तिर्नुपर्ने सजाय तोकिएको हो । विशेष अदालतको इजलास, अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको […]

Sep 23, 2024 - 14:17
 0
मेलम्ची भ्रष्टाचार: पूर्वसचिव ठाकुरलाई ८ वर्ष १ महिना कैद सजाय, १० करोड बिगो

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचार प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कडा सजाय सुनाएको छ । ठाकुरलाई ८ वर्ष १ महिना कैद र १० करोड १० लाख रुपैयाँ बिगो तिर्नुपर्ने सजाय तोकिएको हो ।

विशेष अदालतको इजलास, अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको नेतृत्वमा सोमबार यो निर्णय सुनाइएको हो । यसमा आयोजनाका तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेललाई पनि उस्तै सजाय सुनाइएको छ ।

परामर्शदाता कम्पनी इप्टिसाका टिम लिडर शिवकुमार शर्मालाई भने जेष्ठ नागरिक भएकाले ८ वर्षको कैदमा २ वर्ष मिनाहा गरी ६ वर्ष सजाय तोकिएको छ । उनीहरूबाट बिगोबमोजिम रकम असुल्ने आदेशसमेत दिएको छ ।

विशेष अदालतले ठाकुर र कँडेलसँग १० करोड १० लाख ६१ हजार रुपैयाँ, देवकोटा र शर्मासँग २ करोड ९५ लाख ६५ हजार रुपैयाँ असुल्ने निर्णय गरेको छ ।

इटालियन निर्माण कम्पनी सीएमसीलाई भ्रष्टाचारको मतियार ठहर गर्दै २६ करोड ११ लाख रुपैयाँ बिगो तिर्न आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ फागुन २०८० मा तीन पूर्वसचिवसहित १५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो, जसमा परामर्शदाता र निर्माण कम्पनीसमेत प्रतिवादी बनाइएका थिए ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register