मदिरा पिएर होहल्ला गरेपछि कर्णालीका डीआईजी हेडक्वाटर तानिए

काठमाडौं । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् । उनको ठाउँमा जनक भट्टराईलाई पठाइएको छ । निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ । यसअघि २६ भदौमा रकम लेनदेनमा मुछिएको आरोपमा […]

Sep 23, 2024 - 14:17
 0
मदिरा पिएर होहल्ला गरेपछि कर्णालीका डीआईजी हेडक्वाटर तानिए

काठमाडौं । मदिरा पिएर प्रहरी आचरण विपरीत गतिविधि गरेको आरोपमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डीआईजी अर्जुन चन्द ठकुरी हेडक्वाटर तानिएका छन् ।

उनको ठाउँमा जनक भट्टराईलाई पठाइएको छ । निमित्त आईजी टेकप्रसाद राईका अनुसार आइतबारको मन्त्रीस्तरीय निर्णयबाट डीआईजी ठकुरीलाई हेडक्वाटरको अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ ।

यसअघि २६ भदौमा रकम लेनदेनमा मुछिएको आरोपमा मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेलको पनि सरुवा गरिएको थियो ।

उनलाई हेडक्वाटरस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएको थियो । उनको ठाउँमा अर्का डीआईजी लालमणि आचार्यलाई पठाइएको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register