पत्रकार महासङ्घविरुद्ध रिट : सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन निर्धारित समयमा हुन नसकेको बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दायर गराएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो । रिट निवेदनमा ६ महिनाभित्र निर्वाचन गराउन […]

Sep 23, 2024 - 12:57
 0
पत्रकार महासङ्घविरुद्ध रिट : सर्वोच्चले जारी गर्‍यो कारण देखाउ आदेश

काठमाडौं । नेपाल पत्रकार महासङ्घको निर्वाचन निर्धारित समयमा हुन नसकेको बारेमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ ।

सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट निवेदन दायर गराएका थिए । उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको हो ।

रिट निवेदनमा ६ महिनाभित्र निर्वाचन गराउन अन्तरिम आदेशको माग पनि गरिएको थियो । महासङ्घको वर्तमान कार्यसमितिले निर्धारित समयमा निर्वाचन गराउन नसकेको भन्दै अब वैकल्पिक माध्यमबाट निर्वाचन गराएर महासङ्घलाई निकास दिन रिट निवेदनमा माग गरिएको छ ।

यसअघि पटक–पटक निर्वाचनको मिति तोकिएको थियो । तर, हुन सकेको छैन । यसपछि निर्वाचित अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका रमेश विष्टले पनि राजीनामा दिइसकेका छन् ।

  • सम्बन्धित समाचार

पत्रकार महासङ्घविरुद्ध सर्वोच्चमा रिट, वैकल्पिक माध्यमबाट निकास दिन माग

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register