लेबनानमा इजरायली सेनाको भीषण बमबारी : कम्तिमा १ सयको मृत्यु, ४ सयभन्दा धेरै घाइते

काठमाडौं । इजरायलले लेबनानमा आज गरेको हवाई आक्रमणका कारण कम्तिमा १ सयजनाको मृत्यु भएको छ । लेबनानका स्वास्थ्यमन्त्रीले इजरायली आक्रमणमा भएको क्षतिबारे जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४ सयभन्दा बढी घाइते भएका छन् । केहीदिनयता इजरायलले लेबनानमा अतिवादी समूह हिजबुल्लाहलाई लक्षित गरेर हवाई आक्रमण गर्दै आएको छ । पछिल्लो पटक दक्षिणी लेबनानका […]

Sep 23, 2024 - 12:57
 0
लेबनानमा इजरायली सेनाको भीषण बमबारी : कम्तिमा १ सयको मृत्यु, ४ सयभन्दा धेरै घाइते

काठमाडौं । इजरायलले लेबनानमा आज गरेको हवाई आक्रमणका कारण कम्तिमा १ सयजनाको मृत्यु भएको छ ।

लेबनानका स्वास्थ्यमन्त्रीले इजरायली आक्रमणमा भएको क्षतिबारे जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार इजरायली आक्रमणमा ४ सयभन्दा बढी घाइते भएका छन् ।

केहीदिनयता इजरायलले लेबनानमा अतिवादी समूह हिजबुल्लाहलाई लक्षित गरेर हवाई आक्रमण गर्दै आएको छ । पछिल्लो पटक दक्षिणी लेबनानका गाउँ र शहरमा इजरायली सेनाले भीषण बमबारी गरिरहेको छ ।

आजको आक्रमण सबैभन्दा ठूलो भएको बताइएको छ । राजधानी बेरुतमा पनि खतराको साइरन बजाइएको बीबीसीले जनाएको छ ।

इजरायली सेनाले हिजबुल्लाहका ३ सयभन्दा धेरै अखडालाई लक्षित गरेर हवाई आक्रमण गरेको बयान दिएको छ ।

हिजबुल्लाहले पनि उत्तरी इजरायलमा दर्जनौं रकेट प्रहार गरेको जनाएको छ । घाइतेको संख्या अत्यधिक भएपछि अस्पतालहरुले आकस्मिकबाहेकका सेवा बन्द गर्न थालेका छन् ।

 

यी पनि पढ्नुहोस :

इजरायली आक्रमणमा हिजबुल्लाहका शीर्ष कमाण्डर मारिए

डिभाइस बम आक्रमणपछिको लेबनान : अधिकांश घाइतेले गुमाए औंला, मोबाइल नजिक जान डराउँछन् नागरिक

ताइवानको स्पष्टीकरण – लेबनानमा विस्फोट भएका पेजर हाम्रो देशमा बनाइएका होइनन्

हिजबुल्लाह : ‘इजरायलको सबैभन्दा कडा प्रतिद्वन्द्वी’ अहिले कति शक्तिशाली ?

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register