प्रचण्ड भन्छन्- संविधान संशोधन कांग्रेस-एमालेको एजेन्डा होइन, बहाना मात्रै हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा (एमाले) को एजेन्डा नभएको बताएका छन् । संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो-इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रिरयालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । “नयाँ गठबन्धन बनाउनुभन्दा दुई […]

Sep 23, 2024 - 12:57
 0
प्रचण्ड भन्छन्- संविधान संशोधन कांग्रेस-एमालेको एजेन्डा होइन, बहाना मात्रै हो

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन नेपाली कांग्रेस र नेकपा (एमाले) को एजेन्डा नभएको बताएका छन् ।

संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो-इकोनोमिक रिसर्च (आइएसएसआर)को संयुक्त आयोजनामा भएको ‘संविधान कार्यान्वयनः अपेक्षा र वास्तविकता’ विषयक अन्तर्क्रिरयालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“नयाँ गठबन्धन बनाउनुभन्दा दुई चार दिनअघिसम्म उहाँहरूले औपचारिक रूपमा कतै संविधान संशोधनको आवश्यकतामाथि छलफल गर्नुभएको थिएन । त्यसैले यो उहाँहरूको एजेन्डा होइन, कथा र बहाना मात्रै हो । सरकार परिवर्तनको हतियार मात्रै बनाइएको हो भन्ने प्रष्ट छ,” उनले भने ।

वर्तमान संविधान शान्ति सम्झौताको अङ्ग भएकाले शान्ति सम्झौताको हस्ताक्षरकर्ता दल र नेतासँग नै लुकाएर संविधान संशोधनको सहमति गर्नुको कुनै राजनीतिक अर्थ नभएको पनि उनले बताए । “काग्रेस एमालेका नेताहरूले आफ्नै पार्टीसँग पनि लुकाएर सम्झौता गर्नुभयो, जनतालाई पनि लुकाएर राखियो तर, जनताले सम्झौता देखाउन चुनौती दिन थालेपछि प्रधानमन्त्रीजीले संसद्‌मा पढेर त सुनाउनुभयो तर, त्यो पनि सक्कली हो कि नक्कली, अझै हस्ताक्षर देखिएको छैन ।”

प्रचण्डले संविधान संशोधन गम्भीर र संवेदनशील विषयभएको बताए । “यसमा विशेष ध्यान दिनुपर्छ, यसमा बढी नै ध्यान दिनुपर्छ,” उनले भने ।

संविधान निर्माणको मुख्य पहलकर्ता र शान्ति सम्झौताको एक हस्ताक्षरकर्ताको हैसियतले संविधानलाई बढी सर्वस्वीकार्य बनाउन पहल गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register