स्वदेश फर्किइन् रजत पदक विजेता एरिका
काठमाडौं । २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् । मंगलबार स्वदेश फर्किएकी उनलाई राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् । चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी थिइन् । यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली […]
काठमाडौं । २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ स्वदेश फर्किएकी छिन् ।
मंगलबार स्वदेश फर्किएकी उनलाई राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका छन् ।
चीनमा आइतबार भएको ६८ केजीमाथिको तौल समूहको फाइनलमा उनी भियतनामकी एनगोवान नुगेनसँग हारेपनि देशलाई रजत पदक दिलाएकी थिइन् ।
यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेका थिएनन् । एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन् ।
What's Your Reaction?