पत्रकारिता पुरस्कारको रकम मिर्गौला पीडित पत्रकारलाई हस्तान्तरण 

काठमाडौं । वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले मिर्गौलापीडित पत्रकार पीबी दियालीलाई मंगलबार रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा वीर अस्पतालमा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । श्रेष्ठले प्राप्त गरेको देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको एक लाख रुपैयाँ र रोटरी क्लबको ८२ हजार रुपैयाँसहित कुल १ लाख ८२ हजारको चेक दियालीलाई हस्तान्तरण गरेका हुन् […]

Sep 24, 2024 - 08:45
 0
पत्रकारिता पुरस्कारको रकम मिर्गौला पीडित पत्रकारलाई हस्तान्तरण 

काठमाडौं । वरिष्ठ पत्रकार तथा दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले मिर्गौलापीडित पत्रकार पीबी दियालीलाई मंगलबार रोटरी क्लब अफ काठमाडौं बेष्टसँगको सहकार्यमा वीर अस्पतालमा आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

श्रेष्ठले प्राप्त गरेको देवेन्द्र गौतम पत्रकारिता पुरस्कारको एक लाख रुपैयाँ र रोटरी क्लबको ८२ हजार रुपैयाँसहित कुल १ लाख ८२ हजारको चेक दियालीलाई हस्तान्तरण गरेका हुन् ।

सोही समारोहमा करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक किरण गौतमले ५० हजार रुपैयाँ नगद सहयोग गरे । श्रेष्ठले कार्यक्रममा श्रमजीवी पत्रकारहरू बिरामी पर्दा राज्यबाट उपेक्षित हुनु राम्रो नभएको भन्दै, दुःखकष्टमा परेका पत्रकारहरूलाई अन्य पत्रकारले साथ दिनुपर्ने बताए ।

रोटरी क्लब अफ काठमाडौं बेष्टका प्रिसिडेन्ट देशकुमार श्रेष्ठले पनि रोटरी सेवा संस्थाका रूपमा जन्मिएकोले दियालीलाई उपचारमा सहयोग गर्न पाउँदा खुसी लागेको बताए ।

करेन्ट मिडियाका गौतमले लोकतन्त्रको रक्षा गर्न आजीवन पत्रकारितामा लाग्ने पत्रकारहरू बिरामी पर्दा राज्यले पनि हेरचाह गर्नुपर्ने बताए । उनले पत्रकारहरूका लागि उपचार कोषको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए ।

मिर्गौला ट्रान्सप्लान्ट गराएका गणराज्य साप्ताहिकका सम्पादक पिबी दियालीको उपचारमा विभिन्न संघसंस्थाहरूले सहयोग गर्दै आएका छन्।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register