दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ । प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय […]

Sep 24, 2024 - 12:39
 0
दुर्गा प्रसाई अस्पतालबाट डिस्चार्ज

काठमाडौं ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई वीर अस्पतालबाट डिस्चार्ज भएका छन् । पक्राउ परेकै दिन प्रसाईको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो ।

प्रसाईलाई उच्च रक्तचापको समस्या देखा परेको थियो । प्रसाईलाई प्रहरी बृत्त सिंहदरबारमा राख्ने तयारी भइरहेको बताइएको छ ।

प्रसाईंलाई आइतबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सदस्य ज्वाला संग्रौलाको उजुरीको आधारमा प्रसाईलाई अदालतको अनुमति लिएर प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई अदालतले तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register