ममता हत्या प्रकरणमा नरेश भट्टले पाएनन् जमानत

काठमाडौं। अमेरिकाको एक अदालतले  ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा काफ्लेका श्रीमान नरेश भट्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ  । न्यायधीशले ममता बेपत्ता हुनु र उनको हत्यामा पति भट्टको संलग्नताबारे नयाँ प्रमाण भेटिएपछि जमानत अस्वीकार गरेको बताइएको छ । ममताको शव अहिलेसम्म नभेटिएकोले आफूलाई हिरासतमा राखिराख्न नहुने दाबीसहित नरेशले धरौटीमा रिहा गर्न माग गरेका […]

Sep 24, 2024 - 14:57
 0
ममता हत्या प्रकरणमा नरेश भट्टले पाएनन् जमानत

काठमाडौं। अमेरिकाको एक अदालतले  ममता काफ्ले बेपत्ता तथा हत्या प्रकरणमा काफ्लेका श्रीमान नरेश भट्टलाई धरौटीमा रिहा गर्न अस्वीकार गरेको छ  । न्यायधीशले ममता बेपत्ता हुनु र उनको हत्यामा पति भट्टको संलग्नताबारे नयाँ प्रमाण भेटिएपछि जमानत अस्वीकार गरेको बताइएको छ । ममताको शव अहिलेसम्म नभेटिएकोले आफूलाई हिरासतमा राखिराख्न नहुने दाबीसहित नरेशले धरौटीमा रिहा गर्न माग गरेका थिए ।

सुनवाइको क्रममा सरकारी वकिलहरूले नरेशले ममताको शव टुक्रा–टुक्रा पारेर विभिन्न स्थानमा फ्याकेको प्रमाण पेस गरेका थिए ।

प्रिन्स विलियम काउन्टीका अभियोजनकर्ताहरूले अदालतको कोठामा सरकारी वकिलहरूले उनीहरुको घर र बाथरुममा काफ्लेको मृत शरीरको संकेत फेला पारेको बताएका थिए ।

ममता हराउने बित्तिकै नरेश कयौँ स्थानमा फोहोरको झोला फ्याक्न गएको सीसीटीभी फुटेजले देखाएको बताइएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register