इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाहको मृत्यु भएको पुष्टि

काठमाडौं । लेबनानको अतिवादी संगठन हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्यु भएको पुष्टि भएको छ । हिजबुल्लाहले आफ्ना सर्वोच्च नेता नसरल्लाहको इजरायली आक्रमणमा मृत्यु भएको पुष्टि गरेको हो । यसअघि इजरायलले नसरल्लाह बेरुतमा भएको हवाई आक्रमणमा मारिएको जनाएको थियो । तर, हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको थिएन । हिजबुल्लाहले भनेको छ- लेबनानको राजधानी बेरुत स्थित उसको हेडक्वाटरमा […]

Sep 28, 2024 - 15:57
 0
इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाहको मृत्यु भएको पुष्टि

काठमाडौं । लेबनानको अतिवादी संगठन हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहको मृत्यु भएको पुष्टि भएको छ ।

हिजबुल्लाहले आफ्ना सर्वोच्च नेता नसरल्लाहको इजरायली आक्रमणमा मृत्यु भएको पुष्टि गरेको हो ।

यसअघि इजरायलले नसरल्लाह बेरुतमा भएको हवाई आक्रमणमा मारिएको जनाएको थियो । तर, हिजबुल्लाहले कुनै प्रतिक्रिया दिएको थिएन ।

हिजबुल्लाहले भनेको छ- लेबनानको राजधानी बेरुत स्थित उसको हेडक्वाटरमा भएको इजरायली हमलामा नसरल्लाहको मृत्यु भएको छ ।

इजरायली सेनाले लामो समयदेखि उनलाई मार्न योजना बनाइरहेको थियो । ६४ वर्षिय नसरल्लाह आफ्ना सैनिकको हत्याका लागि जिम्मेवार रहेको इजरायली सेनाले बताएको छ ।

हिजबुल्लाहले नेता नसरल्लाहको मृत्यु भएको बताएलगत्तै इजरायली डिफेन्स फोर्सले टेलिभिजनमा एक सन्देश जारी गरेको छ ।

फोर्सका प्रवक्ता डैनियल हगारीले भने सन्देशमा आफ्नो लडाइँ इजरायली नागरिकसँग नभएर हिजबुल्लाहसँग भएको बताएका छन् ।

शुक्रबार बेरुतमा इजरायली वायु सेनाले गरेको सटीक आक्रमणमा उनी मारिएको उनले बताए ।

यता हिजबुल्लाहको मृत्युमा प्यालेस्टीनी अतिवादी समूह हमासले शोक व्यक्त गर्दै आफ्नो लडाइँ जारी रहने बताएको छ ।

हिजबुल्लाहले पनि आफ्ना नेताको मृत्युले इजरायलविरुद्धको लडाइँ नरोकिने बताएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register