लेबनानमा भएको इजरायली हवाई आक्रमणमा हमासका नेता अमिन समेत मारिए

काठमाडौं। प्यालेस्टिनी अतिवादी समुह हमासले लेबनानमा भएका आफ्ना नेता फतेह शेरिफ अबु अल–अमिन इजरायली आक्रमणमा मारिएको बताएको छ । लेबनानको दक्षिणी क्षेत्रस्थित अल–बास क्याप स्थित एक घरमा इजरायली हवाई आक्रमणमा अल–अमिनसहित केही परिवारका सदस्य पनि मारिएको हमासले बताएको छ । हमास र हिजबुल्लाह दुवैलाई इरानको समर्थन रहेको छ । यसअघि लेबनानमै भएको इजरायली आक्रमणमा इरानका […]

Sep 30, 2024 - 09:09
 0
लेबनानमा भएको इजरायली हवाई आक्रमणमा हमासका नेता अमिन समेत मारिए

काठमाडौं। प्यालेस्टिनी अतिवादी समुह हमासले लेबनानमा भएका आफ्ना नेता फतेह शेरिफ अबु अल–अमिन इजरायली आक्रमणमा मारिएको बताएको छ ।

लेबनानको दक्षिणी क्षेत्रस्थित अल–बास क्याप स्थित एक घरमा इजरायली हवाई आक्रमणमा अल–अमिनसहित केही परिवारका सदस्य पनि मारिएको हमासले बताएको छ ।

हमास र हिजबुल्लाह दुवैलाई इरानको समर्थन रहेको छ । यसअघि लेबनानमै भएको इजरायली आक्रमणमा इरानका वरिष्ठ कमाण्डर समेत मारिएका थिए ।

शुक्रबार इजरायलले हिजबुल्लाहका प्रमुख नेता हसन नसरल्लाहलाई हवाई आक्रमणमा मारेपश्चात अन्य २० मुख्य सदस्यलाई पनि मारेको दाबी गरेको छ ।

आइतबार १०० भन्दा बढि मानिस मारिएको लेबनानी अधिकारीहरुले जनाएका छन् । इजरायलको आक्रमणमा लाखौं मानिस विस्थापित भएको लेबनानका प्रधानमन्त्री नजिब मिकातीले बताएका छन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register