कुलेखानी जलाशय भरिएपछि गेट खोलियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरिएको छ । जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५:४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएको छ । पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रूपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत् गृहलाई […]

Sep 28, 2024 - 04:21
 0
कुलेखानी जलाशय भरिएपछि गेट खोलियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । अविरल वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलविद्युत् केन्द्रको जलाशय भरिएको छ ।

जलशायमा पानीको सतह बढी भएर पानी स्पिल वेबाट बाहिर जानथालेपछि शनिबार बिहान ५:४५ बजेबाट बाँधमा रहेका दुईवटा ढोका (गेट) आंशिक रूपमा खोलिएको छ ।

पानीको सतह बढ्न थालेपछि शुक्रबारबाटै ६० मेगावाटको विद्युत् गृहलाई निरन्तर रूपमा पूर्ण क्षमता चलाइएको छ । विद्युत् गृहलाई पूर्ण क्षमतामा चलाउँदा पनि जलाधार क्षेत्रमा अविरल वर्षाका कारण जलाशयको पानी भण्डार गर्ने क्षमता भरिएको हो । जलाशययमा पानीको तह समुद्र सतहबाट १५३०.९३ मिटर पुगेको छ ।

केन्द्र प्रमुख तारादत्त भट्टकाअनुसार पानीको तह १५३०.३५ पुगेपछि बाँधका ढोका आंशिक रूपमा खोलिएको हो । कुलेखानीको जलाधार क्षेत्रमा हावाहुरीसहित अविरल वर्षा परिरहेकाले दुईवटै ढोका पूर्ण रुपमा खोल्नुपर्ने अवस्था आउन सक्ने प्रमुख भट्टले उल्लेख गरे ।

बाँधका ढोका खोलिएकाले जलाशयको तल्लो तटीय क्षेत्रमा पर्ने बागमती नदीको बहाव बढ्ने हुँदा त्यस वरवर क्षेत्रका स्थाानीय बासिन्दाहरु समयमै सुरक्षित र उच्च सतर्कता रहन केन्द्रले आग्रह गरेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register