२५८ घाइतेको हवाई मार्गमार्फत उद्धार, राहत वितरणमा तीव्रता

काठमाडौं । तीनदिने अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर घाइते तथा बिरामी भएका २५८ जनाको उद्धार हवाई मार्गमार्फत गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काभ्रेपलान्चोक, ललितपुर र सिन्धुपाल्चोक केन्द्रित भएर २५८ जना बिरामी तथा घाइतेको उद्धार हवाई मार्गमार्फत गरिएको हो । यस्तै रोशी गाउँपालिका, काभ्रेपलान्चोकका प्राय: घाइते तथा बिरामीलाई धुलिखेल […]

Sep 30, 2024 - 10:57
 0
२५८ घाइतेको हवाई मार्गमार्फत उद्धार, राहत वितरणमा तीव्रता

काठमाडौं । तीनदिने अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोमा परेर घाइते तथा बिरामी भएका २५८ जनाको उद्धार हवाई मार्गमार्फत गरिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काभ्रेपलान्चोक, ललितपुर र सिन्धुपाल्चोक केन्द्रित भएर २५८ जना बिरामी तथा घाइतेको उद्धार हवाई मार्गमार्फत गरिएको हो ।

यस्तै रोशी गाउँपालिका, काभ्रेपलान्चोकका प्राय: घाइते तथा बिरामीलाई धुलिखेल अस्पताल ल्याएको छ । “केही जना बाँकी रहनुभएको छ, उहाँहरूलाई भरैसम्म ल्याइसकिन्छ,” प्रवक्ता तिवारीले भने ।

यस्तै केन्द्रीय सुरक्षा समितिको बैठकले अन्य क्षेत्र तथा स्थानहरूमा खोज तथा उद्धारलाई प्राथमिकता दिने र प्रभावित परिवारलाई राहत दिने कामलाई प्राथमिकता दिने निर्णय गरेको प्रवक्ता तिवारीले बताए ।

“विभिन्न ठाउँमा राहत सामग्री लगेर दिने काम पनि भइसकेको छ, बाँकी स्थानहरूमा पनि यो क्रम चाँडै गर्नेछौँ,” उनले भने ।

प्रवक्ता तिवारीले थप भने, “आवागमनलाई सहज बनाउनका लागि पृथ्वी राजमार्गलाई काठमाडौंतर्फबाट पनि खुलाउने काम भइरहेको छ । किनभने यो सडकखण्ड काठमाडौंको मूल लाइफलाइन हो ।”

उनका अनुसार सडकका बीचमा बाटो बनाइरहेका डोजरका लागि हेलिकोप्टरमार्फत तेल लगिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register