नेपाली उत्पादन थाई बजारमा: ‘मेड इन नेपाल’ ब्राण्डको अन्तर्राष्ट्रिय यात्रा सुरू

काठमाडौं । नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने अभियानमा एउटा महत्त्वपूर्ण कदम अघि बढेको छ । जनता एग्रो एन्ड फरेष्ट्री र थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको बिजम्याच सोलुसनबीच समझौतामा हस्ताक्षर भएको छ, जसले नेपालमा उत्पादन भएका कृषि तथा वनपैदावर लगायत अन्य प्रोडक्टहरूलाई थाई बजारमा प्रबर्धन गर्नेछ । सेप्टेम्बर २५ मा भएको हस्ताक्षर कार्यक्रममा बिजम्याच सोलुसनका अध्यक्ष […]

Sep 30, 2024 - 13:01
 0
नेपाली उत्पादन थाई बजारमा: ‘मेड इन नेपाल’ ब्राण्डको अन्तर्राष्ट्रिय यात्रा सुरू

काठमाडौं । नेपाली उत्पादनहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने अभियानमा एउटा महत्त्वपूर्ण कदम अघि बढेको छ ।

जनता एग्रो एन्ड फरेष्ट्री र थाइल्यान्डको राजधानी बैङ्ककमा रहेको बिजम्याच सोलुसनबीच समझौतामा हस्ताक्षर भएको छ, जसले नेपालमा उत्पादन भएका कृषि तथा वनपैदावर लगायत अन्य प्रोडक्टहरूलाई थाई बजारमा प्रबर्धन गर्नेछ ।

सेप्टेम्बर २५ मा भएको हस्ताक्षर कार्यक्रममा बिजम्याच सोलुसनका अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा र जनता एग्रो एन्ड फरेष्ट्रीका मार्केटिङ विभागका म्यानेजर आशिष सिलवाल र निसा देवकोटा सहभागी भएका थिए ।

यो सम्झौताको उद्देश्य नेपाली उत्पादनलाई थाई बजारमा मात्र सीमित नराखी, ‘मेड इन नेपाल’ ब्राण्डलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्दै नेपालको आर्थिक वृद्दिमा योगदान पुर्या‍उनु हो ।

जनता एग्रो एन्ड फरेष्ट्रीले नेपाली व्यावसायिक कृषि, वनपैदावर, र जडीबुटीको प्रवर्धन गर्दै तिनलाई निर्यातमार्फत विश्व बजारमा प्रतिस्पर्धी बनाउन योजना बनाएको छ ।

नेपाली उत्पादनलाई विश्व बजारमा परिचय

जनता एग्रो एन्ड फरेष्ट्रीका अनुसार, कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालजस्तो देशले सानो लगानीबाट पनि राम्रो परिणाम प्राप्त गर्न सक्छ ।

यस सम्झौताले नेपाली उत्पादनलाई थाईल्याण्ड मात्र नभई अन्य अन्तर्राष्ट्रिय बजारमा पनि निर्यात गर्न थप अवसर सिर्जना गर्नेछ ।

बिजम्याच सोलुसनसँगको सहकार्यले नेपाली उत्पादनलाई विश्वभरको बजारमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । यस सम्झौताले नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउन मात्र होइन, नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय पहिचान बढाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

थाई बजारमा ‘मेड इन नेपाल’

सम्झौतामा हस्ताक्षर गर्दै जनता एग्रो एन्ड फरेष्ट्रीले नेपाली उत्पादनलाई विश्वभर परिचित गराउँदै नेपाली अर्थतन्त्रलाई सुदृढ बनाउने योजना रहेको बताएको छ । यो सहकार्यले नेपाली उद्यमशीलता विकासमा समेत टेवा पुर्या‍उने विश्वास गरिएको छ ।

नोभेम्बरमा बिजम्याच सोलुसनका अधिकारीहरू नेपाल भ्रमणमा आउने तयारीमा छन्, जसले नेपाली उत्पादनका विविधता र सम्भावनाहरूको अध्ययन गर्दै आगामी थप कदमहरूको बारेमा छलफल गर्नेछन् ।

नेपालमा व्यावसायिक कृषि र वन पैदावरको क्षेत्रमा जनताका लागि नयाँ अवसरहरू सिर्जना गर्दै, जनता एग्रो एन्ड फरेष्ट्रीले विभिन्न कार्यक्रमहरू गर्दै आएका छन्, जसको लक्ष्य नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्या‍उनु हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register