वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा लन्डनका सन्तोष राई टप १३ मा

लन्डन । पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गरेका खेलाडी सन्तोष राई टप १३ मा आउन सफल भएका छन् । राईले गत २५ अगष्टमा अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसीप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिष्पर्धा गरेका थिए । ३ किमी स्वीमिङ, ११४ किमी बाइक राइड (साइक्लिनिङ) र ३० किमी रनिङ […]

Aug 27, 2024 - 17:58
 0
वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा लन्डनका सन्तोष राई टप १३ मा

लन्डन । पहिलोपटक नेपालको प्रतिनिधित्व गर्दै वर्ल्ड च्याम्पियनसीप लङ् डिस्टेन्स ट्रायथलनमा प्रतिष्पर्धा गरेका खेलाडी सन्तोष राई टप १३ मा आउन सफल भएका छन् ।

राईले गत २५ अगष्टमा अष्ट्रेलियाको नर्थ क्वीन्सल्याण्डस्थित टाउन्स भेलमा भएको वर्ल्ड च्याम्पियनसीप अन्तर्गत एलिट क्याटेगोरीमा प्रतिष्पर्धा गरेका थिए ।

३ किमी स्वीमिङ, ११४ किमी बाइक राइड (साइक्लिनिङ) र ३० किमी रनिङ समावेश ट्रायथलन प्रतियोगितामा राई १९ प्रतिष्पर्धीमध्ये १३ औं स्थानमा आउन सफल भएका हुन् ।

उक्त प्रतिष्पर्धामा राईसहित अमेरिका बस्ने सन्तोष कर्माचार्यले नेपालबाट प्रतिनिधित्व गरेका थिए । नेपाल ट्रायथलन एसोसिएसनले उक्त प्रतिष्पर्धामा पहिलोपटक नेपालको प्रतिनिधित्व गरांउन सन्तोषद्वयलाई छनोट गरेको थियो । उपकरण समस्या, अन्य लजिस्टिक वाधा लगायत धेरै चुनौती सामना गर्दा पनि राई र कर्माचार्यले खेलप्रति समर्पण देखाउँदै दौड सफलतापूर्वक पूरा गरेका थिए ।

‘अन्तर्राष्ट्रिय ट्रायथलन प्रतियोगितामा यो उपलब्धि नेपालको खेलकुद र मेरा लागि एउटा महत्वपूर्ण कोसेढुङ्गा हो’, राईले भने ।

प्रतियोगिताका बेला साउथ एसिया ट्रायथलन स्वर्ण पदक विजेता सोनी गुरुङ समेत उपस्थित भएर नेपाली खेलाडीलाई हौसला प्रदान गरेकी थिइन् ।

सन्तोष राईलाई एनआरएनए यूके, एनबीसी यूके,  फिजियोथेरापिस्ट सरोज गुरुङ एवं नेपाल ट्रायथलनका अध्यक्ष तथा ओलम्पिक कमिटीका महासचिव निलेन्द्र श्रेष्ठले दौड पूरा गर्न आवश्यक सहयोग गरेका थिए ।

सन् २००९ देखि दौड्न थालेका सन्तोष राईले लन्डन, बर्लिन, न्यूयोर्क, सिकागो, बोस्टन, टोकियो जस्ता विश्वका ६ वटा फुल म्याराथन पुरा गर्ने उनी पहिलो नेपाली हुन् ।

दुई वर्षमा ति विश्वप्रसिद्ध म्याराथन सम्पन्न गरेका राई नेपाल रन यूकेका संस्थापक हुन् ।  

ट्रायथलन मल्टिस्पोर्ट वर्ल्ड च्याम्पियनसीप टाउन्सभिल १२ दिने इभेन्ट्स थियो जसमा उमेर समूह, पारा ट्रायथलीट, जुनियर, २३ वर्षमुनी र एलिटहरुसहित पांच विभिन्न स्तरका खेलाडीबीच १९ वटा विश्व च्याम्पियनसीप दौड भए ।

यस प्रतिष्पर्धाका लागि विश्वभरका ४० बढी देशको प्रतिनिधित्व गर्ने ३ हजार प्रतियोगी सहभागी भएका थिए ।  

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register