खेलाडीको तलब १२ हजार बढाउँदा एन्फा महासचिवको तलब १ लाख ५० हजारले बढाइँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति बैठकले महासचिव किरण राईको तलब २ हजार अमेरिकी डलर पुर्‍याउने प्रस्ताव परेको छ । मंगलबार राति बसेको कार्यसमिति बैठकमा एन्फाका अध्यक्ष पंकज नेम्वाङले महासचिवको तलब वृद्धि गर्ने प्रस्ताव गरेका हुन् । अहिले महासचिव राईको तलब १ लाख २० हजार रुपैँया छ । जसलाई बढाएर २ हजार […]

Aug 28, 2024 - 07:15
 0
खेलाडीको तलब १२ हजार बढाउँदा एन्फा महासचिवको तलब १ लाख ५० हजारले बढाइँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को केन्द्रीय कार्यसमिति बैठकले महासचिव किरण राईको तलब २ हजार अमेरिकी डलर पुर्‍याउने प्रस्ताव परेको छ ।

मंगलबार राति बसेको कार्यसमिति बैठकमा एन्फाका अध्यक्ष पंकज नेम्वाङले महासचिवको तलब वृद्धि गर्ने प्रस्ताव गरेका हुन् ।

अहिले महासचिव राईको तलब १ लाख २० हजार रुपैँया छ । जसलाई बढाएर २ हजार अमेरिकी डलर अर्थात् करिब २ लाख ७० हजार रुपैँया पुर्‍याउने प्रस्ताव अध्यक्ष नेम्वाङले गरे । कार्यसमिति बैठकमा यसबारे फरक मत परेको थियो । यद्यपि, संस्थापन पक्षको बहुमत भएका कारण प्रस्ताव पारित हुने सम्भवाना पनि रहेको छ ।

यस्तै, मासिक १८ हजार रुपैँया प्राप्त गरिरहेका राष्ट्रिय खेलाडीको तलब भने बढाएर ३० रुपैँया पुगेको छ । सर्वसम्मतले पारित भएको सो निर्णय अनुसार खेलाडीलाई वर्गीकरणका आधारमा तलब प्रदान गरिने छ ।

मंगलबार स्थगित भएको केन्द्रीय कार्यसमिति बैठक पुनः बिहीबार बस्नेछ ।

बैठकले नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । सन् २०२३ को मार्चमा राष्ट्रिय टोलीको प्रशिक्षकमा नियुक्त भए थिए । उनको प्रशिक्षणमा नेपालले १९ खेल खेलेको थियो । जसमा ५ जित, ४ बराबरी र १० हार रहेको छ । एन्फाले खुल्ला रुपमा राष्ट्रिय प्रशिक्षक नियुक्त गर्ने जनाएको छ ।

यस्तै, बैठकले दशरथ रंगशालालगायत अन्य फुटबल मैदानमा कृत्रिम घाँस राख्न पनि फिफालाई प्रस्ताव गर्ने भएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register