व्यवसायी राहत कोषलाई एक लाख सहयोग

झापा, २२ भदौ । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो । सो कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की‘पर्बत’ले आफ्नो जन्मोत्सववको अबसर पारेर आज एक लाख ११ [...] The post व्यवसायी राहत कोषलाई एक लाख सहयोग appeared first on Jhapa Online.

Sep 7, 2024 - 14:24
 0
व्यवसायी राहत कोषलाई एक लाख सहयोग

झापा, २२ भदौ । बिर्तामोड उद्योग बाणिज्य संघले स्थापना गरेको ब्यवसायी राहत कोषमा रकम जुट्ने क्रम जारी छ । आपत विपद्मा परेका व्यवसायीहरुलाई सहयोग पु¥याउने उद्देश्य सहित संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी राहत कोष स्थापना गरेको थियो ।

सो कोषमा संघका कार्य समिति सदस्य युवराज कार्की‘पर्बत’ले आफ्नो जन्मोत्सववको अबसर पारेर आज एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग प्रदान गरेका छन् । कार्कीले बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेलाई सो रकम उपलब्ध गराएका थिए । यस अघि पनि संघमा आवद्ध व्यवसायीले आफ्नो जन्मोत्सवमा संघले स्थापना गरेको कोषमा रकम उपलब्ध गराउँदै आएका थिए ।

सोही क्रममा कार्कीले पनि कोषमा रकम सहयोग गरेका हुन् । रकम हस्तान्तरण गर्दै कार्कीले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कम गर्दै सामाजिक कार्यमा लगानी गर्न अरुलाई समेत प्रोत्साहित गरेका छन् ।

The post व्यवसायी राहत कोषलाई एक लाख सहयोग appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register