पशुपति क्षेत्रमा तीन दिन मासु, मदिरा बेचबिखन तथा सेवन निषेध

काठमाडौं । हरितालिका तीजको ३ दिनसम्म पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै सो क्षेत्रमा भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो । तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न […]

Sep 4, 2024 - 11:57
 0
पशुपति क्षेत्रमा तीन दिन मासु, मदिरा बेचबिखन तथा सेवन निषेध

काठमाडौं । हरितालिका तीजको ३ दिनसम्म पशुपति क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ निषेध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सूचना जारी गर्दै सो क्षेत्रमा भदौ २० देखि २२ गतेसम्म मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको हो ।

तीजलाई मर्यादित, व्यवस्थित र सुरक्षित रुपमा सम्पन्न गर्न र पशुपति क्षेत्रको धार्मिक तथा सांस्कृतिक मर्यादा र पवित्रता कायम गर्न चार किल्लामा उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाएको सूचनामा उल्लेख छ ।

कसैले यसको विपरित कार्य गरे कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register