साझेदार छवि पक्राउपछि रविलाई पनि पक्राउ गर्न प्रहरी परिचालन

सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि निगरानी बढाएको प्रहरी उच्च स्रोतले बताएको छ । समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जुनसुकै समयमा पक्राउ गर्न सकिने प्रहरीको भनाइ छ । 

Sep 22, 2024 - 13:53
 0
साझेदार छवि पक्राउपछि रविलाई पनि पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं ।  सहकारी बचत रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी)समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी पक्राउ परेलगतै अर्का साझेदार रवि लामिछानेलाई पनि पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ ।

सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका लामिछानेलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको हो ।

प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णयपछि गृहमन्त्री रमेश लेखकले प्रहरीलाई आइतबार निर्देशन दिएका थिए । लगत्तै प्रहरीले सहकारी ठगी प्रकरणमा पूर्वडीआईजी छविलाल जोशीलाई नियन्त्रणमा लिएको थियो ।

सहकारी ठगी प्रकरण : पूर्वडीआईजी छविलाल जोशी पक्राउ

अर्काे टोली लामिछानेको निगरानीमा रहेको प्रहरीको उच्च स्रोतले जनाएको छ । सरकारको निर्देशनपछि फरार हुन सक्ने आशंकामा रास्वपा सभापति लामिछानेमाथि निगरानी बढाएको प्रहरी उच्च स्रोतले बताएको छ ।

समितिले कारबाहीका लागि सिफारिस गरेकाले उनलाई जुनसुकै समयमा पक्राउ गर्न सकिने प्रहरीको भनाइ छ ।

संसदीय समितिले सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त जीबी राईसहित ग्यालेक्सी फोरके टेलिभिजनका तत्कालिन सञ्चालक जोशी, तत्कालीन प्रवन्ध निर्देशक रवि लामिछाने, सञ्चालक कुमार रम्तेललाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register