राजु लामाले ल्याए नयाँ गीत ‘प्रेम रोग’

काठमाडौं । गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिष्ट रहेका राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन् । राजुकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ । उनीसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको […]

Sep 22, 2024 - 13:53
 0
राजु लामाले ल्याए नयाँ गीत ‘प्रेम रोग’

काठमाडौं । गायक राजु लामाले नयाँ गीत सार्वजनिक गरेका छन् । चर्चित ब्यान्ड मंगोलियन हार्टका लिड भोकलिष्ट रहेका राजुले ‘प्रेम रोग’ बोलको रोमान्टिक गीत ल्याएका हुन् ।

राजुकै शब्द र संगीत रहेको यो गीतको भिडियोमा समेत उनकै अभिनय छ ।

उनीसँग अभिनेत्री करिष्मा श्रेष्ठले स्क्रिन सेयर गरेकी छन् । पवन सुस्लिङको छायांकन तथा सम्पादन रहेको यो गीतको भिडियो कोरियोग्राफी सोनम पाख्रिनले गरेका छन् ।

गीतको भिडियो निर्देशन भने सोनम पाख्रिनले गरेका छन् । यो गीतले सङ्गीतको पछिल्लो ट्रेन्ड झल्काउने राजु बताउँछन् ।

‘यो गीतले युवतीसँग गहिरो प्रेममा रहेको एक युवकको कथा भन्छ,’ उनले भने, ‘नयाँ स्वाद दिने प्रयत्न गरेको छु । दर्शक\श्रोताले अपनत्व लिएर सुन्छन् र हेर्छन् भन्ने मेरो विश्वास छ । ’ राजु विगत ३० वर्षदेखि संगीत क्षेत्रमा निरन्तर सक्रिय छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register