ममता काफ्ले प्रकरण: शव फालेको दाबीपछि प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेसन हिस्ट्री

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ । काटेर ६ पोका बनाएर ममताको शव फालेको दाबीपछि प्रहरीले नरेश भट्ट आवतजावत गरेको हिस्ट्री प्रहरीले मागेको हो । अनुसन्धान अधिकृतहरूले अदालतबाट अनुमति लिएर नरेशको लोकेसन, सर्च हिस्ट्री, अरू कुनै सोसल मिडिया एकाउन्टलगायतका विवरण माग्दै पठाएका हुन् । […]

Sep 23, 2024 - 11:37
 0
ममता काफ्ले प्रकरण: शव फालेको दाबीपछि प्रहरीले गुगलसँग माग्यो नरेशको लोकेसन हिस्ट्री

काठमाडौं । अमेरिकाको भर्जिनियाबाट सम्पर्कविहीन भएकी ममता काफ्लेको श्रीमान् नरेश भट्टको गुगल सर्च हिस्ट्री प्रहरीले मागेको छ ।

काटेर ६ पोका बनाएर ममताको शव फालेको दाबीपछि प्रहरीले नरेश भट्ट आवतजावत गरेको हिस्ट्री प्रहरीले मागेको हो ।

अनुसन्धान अधिकृतहरूले अदालतबाट अनुमति लिएर नरेशको लोकेसन, सर्च हिस्ट्री, अरू कुनै सोसल मिडिया एकाउन्टलगायतका विवरण माग्दै पठाएका हुन् ।

मनसास पार्क प्रहरीले २७ जुलाईदेखि २१ अगस्टको अवधि सम्मको विवरण खोज्दै छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार, “जियो लोकेसनको जानकारी अत्यन्त महत्त्वपूर्ण हुन सक्छ । सर्च गरिएका वेबसाइटबाट पनि केही संकेत मिल्न सक्छ ।’’

नरेशका वकिलहरूले ममता जीवित रहेको दाबी गर्दै उनलाई छाड्नुपर्ने माग गरेका छन् । तर अदालतमा भएको सुनुवाइमा अभियोजकहरूले गुगलबाट आवश्यक विवरणको माग गरिएको जानकारी गराएका थिए ।

ममता हराएको केही समयपछि नरेशले आफ्नो टेस्ला कार पनि विक्री गरेका थिए, जसले अनुसन्धानलाई थप जटिल बनाएको छ । प्रहरी अब कारको क्यामरा फुटेज र जीपीएस लोकेसन डाटालाई पनि अन्वेषण गर्दैछन् ।

यस घटनामा ममताको हत्या भएको आशंका गरिएको छ । तर हालसम्म उनलाई फेला पार्न सकेको छैन । नरेशलाई हालको अवस्थामा मात्र शरीर लुकाएको अभियोगमा पक्राउ गरिएको छ ।

१५ साउनबाट सम्पर्कविहीन भएकी ममता, र घरमा भारी मात्रामा रगत फेला परेको तथ्यले प्रहरीले ७ भदौमा नरेशलाई पक्राउ गरेको थियो । सुनुवाइका क्रममा अभियोजकहरूले तर्क गरेका छन् ‘कि ममता जीवित छैनन् ।’

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register