छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्ने आदेश, पीडितको अदालत परिसरमै खबरदारी

पोखरा । सहकारी अपचलनको आरोपमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई प्रहरीले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको छ । सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । काठमाडौंमा आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर […]

Sep 23, 2024 - 11:37
 0
छविलाल जोशीलाई ५ दिन हिरासतमा राख्ने आदेश, पीडितको अदालत परिसरमै खबरदारी

पोखरा । सहकारी अपचलनको आरोपमा पक्राउ परेका पूर्व डीआइजी र गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशीलाई प्रहरीले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएको छ ।

सोमबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले हिरासतमै राखेर अनुसन्धान गर्न ५ दिनको म्याद थप गरेको हो । काठमाडौंमा आइतबार पक्राउ परेका उनलाई सोमबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर अनुसन्धानका लागि म्याद थप गरिएको हो ।

जोशीमाथि विभिन्न पाँच सहकारी संस्थाबाट ६५ करोड रुपैयाँभन्दा बढीको रकम गोर्खा मिडियामा लगेर दुरुपयोग गरेको आरोप लागेको छ ।

यसकै आधारमा उनलाई काठमाडौंबाट पक्राउ गरी आइतबार पोखरा ल्याइएको थियो ।

सहकारी संस्थाको बचत रकम दुरुपयोगसम्बन्धी संसदीय छानबिन विशेष समितिले अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, कोषाध्यक्ष कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्ध निर्देशक रवि लामिछानेलाई कानुनी कारबाही सिफारिस गरेपछि जोशी पक्राउ परेका थिए ।

जाहेरीको आधारमा प्रहरीले जोशीलाई पक्राउ गरे पनि सहकारी पीडितहरूको ध्यान अब रवि लामिछानेको पक्राउतर्फ पनि केन्द्रित भएको छ । अदालतमा जोशीलाई उपस्थित गराउँदा सहकारी पीडितहरूले अदालत परिसरमै खबरदारी गरेका थिए ।

माघ २२ मा सूर्यदर्शन सहकारीका २२ जना पीडितले गोर्खा मिडियासहित १४ संस्थालाई विपक्षी बनाएर जाहेरी दिएका थिए, जसलाई प्रहरीले पुरक जाहेरीका रूपमा लिएको थियो ।

सहकारी अपचलन प्रकरणले हलचल मच्चाइरहेको छ । अबको अनुसन्धानबाट के निस्केला र रविको सन्दर्भमा के होला भन्ने चासो गहिरिँदै गएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register