गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बिहानमा कक्षा सञ्चालन

 रौतहट ।  पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौँ विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् । गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्यधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए । जिल्ला […]

Sep 24, 2024 - 06:52
 0
गर्मीले विद्यार्थी बेहोस हुन थालेपछि बिहानमा कक्षा सञ्चालन

 रौतहट ।

 पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण रौतहटका कैयौँ विद्यालयको कक्षा कोठामै बिद्यार्थीहरु बेहोस हुन थालेका छन् ।

गर्मीको कारण विद्यार्थी बेहोस हुन थालेपछि अधिकांस विद्यालयमा बिहानको कक्षा सञ्चालन गरिएको छ । अत्यधिक गर्मी बढेका कारण सोमवार स्थानीय राजदेवी नगरपालिका स्थित रहेको श्री माध्यमिक विद्यालय पथरामा ४ जना छात्रछात्राहरु बेहोस भएका थिए । जिल्ला शिक्षा समन्वय इकाई रौतहटका एकजना अधिकृत उपेन्द्र सिंहका अनुसार गर्मीको कारण अचेत भएका ती विद्यार्थीको मुखबाट सेतो फिज निक्सिएको थियो ।

विद्यालयमा गर्मीबाट बिद्यार्थीहरुलाई बचाउन  राजदेवी नगरपालिकामा विद्यालय सञ्चालनको समय बिहानको ६: ३० बजे गरिएको सिंहले बताएका छन् । गर्मीकै विद्यार्थीमा समस्या देखिन थाले पछि चन्द्रपुर नगरपालिकाले आज देखि १६ गतेसम्मका लागि बिहान ६ बजेदेखि विद्यालय सञ्चालन गर्न सूचना जारी गरेको छ।

त्यस्तै कटहरिया नगरपालिकाका शिक्षा संयोजक अनिल कुमार निधिले आजदेखि अर्को सूचना नहुन्जेल सम्मका लागि नगरको सम्पूर्ण विद्यालय बिहान ६: ३० देखि सञ्चालन गरिएको जानकारी दिएका छन् । त्यस्तै देवाही गोनाही नगरपालिकाले पनि विद्यालय सञ्चालनको समय बिहान ६: ३० देखि गरेको श्री माध्यमिक विद्यालय कर्कच गूठीका प्रधानाध्यापक पवन पण्डितले बताएका छन् । 

१८ पालिका रहेको रौतहटका अधिकांश पालिकामा गर्मीबाट विद्यार्थी बचाउन बिहानमा कक्षा सञ्चालन गरिएको छ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register