बंगलादेश घटनाबारे एमाले- सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले बंगलादेश घटना सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि रहेको बताएका छन् । झन्डै एक महिनायता उठेको आरक्षण विरोधी आन्दोलनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा मात्रै दिइनन्, देशसमेत छाडेर भागिन् । यस घटनालाई उद्धृत गर्दै सचिव विष्टले भनेका छन्, “बंगलादेशको पछिल्लो घटनाले ‘सर्वशक्तिमान जनता नै हुन् र […]

Sep 24, 2024 - 17:33
 0
बंगलादेश घटनाबारे एमाले- सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि

काठमाडौं । नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले बंगलादेश घटना सर्वशक्तिमान जनता नै हुन् भन्ने पुनर्पुष्टि रहेको बताएका छन् ।

झन्डै एक महिनायता उठेको आरक्षण विरोधी आन्दोलनका कारण बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा मात्रै दिइनन्, देशसमेत छाडेर भागिन् ।

यस घटनालाई उद्धृत गर्दै सचिव विष्टले भनेका छन्, “बंगलादेशको पछिल्लो घटनाले ‘सर्वशक्तिमान जनता नै हुन् र अन्तिम शक्ति जनतामै निहीत रहन्छ’ भन्ने कुराको पुर्नपुष्टि भएको छ ।”

अगाडि उनले भनेका छन्, “विगत १५ वर्षदेखि लगातार बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले लोकतन्त्रका आधारभूत मूल्य-मान्यता र जन-आवाजलाई बेवास्ता गर्दै सत्तामा टिकिरहन अनेकन प्रयत्न गरिन् । अन्तत: उनी असफल भइन् । देश छोड्न बाध्य बनिन् ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register