‘स्त्री २’ले रच्यो इतिहास, शाहरुख र रणवीरको फिल्म पछाडि धकेलियो

काठमाडौं । राजकुमार राव र श्रद्धा कपूर स्टारर फिल्म ‘स्त्री २’ ले भारतको घरेलु बक्स अफिसमा ६०० करोड कमाएको छ । योसँगै यो आँकडा पार गर्ने पहिलो हिन्दी फिल्म बनेको छ । फिल्म समीक्षक तरण आदर्शले आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘स्त्री २ यो माइलस्टोन हासिल गर्ने पहिलो हिन्दी फिल्म बनेको छ । मेट्रोदेखि गैर […]

Sep 24, 2024 - 06:53
 0
‘स्त्री २’ले रच्यो इतिहास, शाहरुख र रणवीरको फिल्म पछाडि धकेलियो

काठमाडौं । राजकुमार राव र श्रद्धा कपूर स्टारर फिल्म ‘स्त्री २’ ले भारतको घरेलु बक्स अफिसमा ६०० करोड कमाएको छ । योसँगै यो आँकडा पार गर्ने पहिलो हिन्दी फिल्म बनेको छ ।

फिल्म समीक्षक तरण आदर्शले आफ्नो एक्स ह्यान्डलमा लेखेका छन्, ‘स्त्री २ यो माइलस्टोन हासिल गर्ने पहिलो हिन्दी फिल्म बनेको छ । मेट्रोदेखि गैर मेट्रो, मल्टिप्लेक्सदेखि सिंगल स्क्रिन र शहरी केन्द्रदेखि मास मार्केटसम्म स्त्री २ विजेता हो ।’

चलचित्र ‘स्त्री २’ यसै वर्ष अगस्ट १४ मा हलमा रिलिज भएको थियो ।

यो फिल्ममा राजकुमार राव, पंकज त्रिपाठी, अपारशक्ति खुराना, श्रद्धा कपूर, अभिषेक बनर्जी जस्ता कलाकार थिए । फिल्ममा वरुण धवन र तमन्ना भाटियाले क्यामियो गरेका थिए । यो चलचित्रलाई अमर कौशिकले निर्देशन गरेका हुन् ।

यो फिल्म दिनेश विजनको हरर-कमेडी ब्रह्माण्डको हिस्सा हो, जसमा स्त्री, भेडिया, मुन्ज्या जस्ता फिल्महरू पनि समावेश छन् ।

६०० करोडको क्लबमा प्रवेश गर्दै, स्ट्री २ ले शाहरुख खानको जवान और पठान, रणवीर कपूरको एनिमल र प्रभासको बाहुबली २ को हिन्दी संस्करणको लाइफटाइम कलेक्शनलाई पछाडि छोडेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register