एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा ५०० सम्म क्यासब्याक पाइने

काठमाडौँ । एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट हुने भएको छ । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड ( को-ब्रान्डेड कार्ड ) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम रु ५०० सम्म दिने घोषणा गरेको हो  । चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो […]

Sep 24, 2024 - 08:25
 0
एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा ५०० सम्म क्यासब्याक पाइने

काठमाडौँ । एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विशेष छुट हुने भएको छ । एनएमबी बैंकले बुद्ध भिसा डेबिट कार्ड ( को-ब्रान्डेड कार्ड ) होल्डरहरूको लागि चाडपर्वमा बुद्ध एयरको वेब साइटबाट फ्लाइट टिकट काट्दा १० प्रतिशत क्यास ब्याक, अधिकतम रु ५०० सम्म दिने घोषणा गरेको हो  ।

चाडपर्वको समयमा बैंकले ग्राहकहरूको यात्रामा सजिलो होस भन्ने सहकार्यको लागि सो अफर घोषणा गरेको छ । यो अफर छठ सम्मको लागि लागू हुने बैंकले जनाएको छ ।

यस्तो अफरहरुले ग्राहकहरूलाई बचतको लाभ लिन पनि प्रोत्साहित गर्दछ । अफर सम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१५९७०१७० वा नजिकैको शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १८७ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register