भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् । निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए । उनका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरूको पहिचान खुलेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको छ । […]

Sep 28, 2024 - 06:09
 0
भक्तपुरमा पाँचजना बेपत्ता, खोजी कार्य जारी

काठमाडौं । भक्तपुरमा पाँचजना बेपत्ता भएका छन् ।

निरन्तरको वर्षापछि आएको बाढी तथा पहिरोमा परेर उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता मोहनमणि अधिकारीले जानकारी दिए ।

उनका अनुसार ठिमीमा पहिरोले चारजना र आशापुरीमा बाढीमा परी एक जना बेपत्ता भएका हुन् । उनीहरूको पहिचान खुलेको छैन । उनीहरूको खोजी कार्य जारी रहेको छ ।

भक्तपुर क्षेत्रमा मनोहरा, हनुमन्ते घट्टेलगायतका खोला बढेर वस्ती पसेका थिए ।

अहिले भक्तपुर पूरै जलमग्न छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register