काभ्रेमा पहिरो : २ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं । काभ्रेमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि गएराति काभ्रेको पनौती थुम्कीमा आएको पहिरोमा अर्जुन भण्डारीको परिवारका पाँच जना बेपत्ता भएका हुन् । पनौती नगरपालिका ११ की वडासदस्य गीता थापाका अनुसार पहिरोले ३ घरमा पूर्ण क्षति पुर्‍याएको थियो, जसमध्ये भण्डारीको परिवारलाई तितरबितर बनाएको हो । बिहान करिब साढे ३ बजेतिर आएको […]

Sep 28, 2024 - 04:01
 0
काभ्रेमा पहिरो : २ जनाको मृत्यु, ५ बेपत्ता

काठमाडौं । काभ्रेमा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि गएराति काभ्रेको पनौती थुम्कीमा आएको पहिरोमा अर्जुन भण्डारीको परिवारका पाँच जना बेपत्ता भएका हुन् ।

पनौती नगरपालिका ११ की वडासदस्य गीता थापाका अनुसार पहिरोले ३ घरमा पूर्ण क्षति पुर्‍याएको थियो, जसमध्ये भण्डारीको परिवारलाई तितरबितर बनाएको हो ।

बिहान करिब साढे ३ बजेतिर आएको पहिरोमा परी बेपत्ता भण्डारीको परिवारको उद्धारका लागि विपद् उद्धार बेस पनौतीबाट १५ जनाको टोली खटिएको छ ।

त्यस्तै काभ्रेको तेमाल गाउँपालिका ७ मा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । भीमबहादुर तामाङको घर पहिरोमा पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register