कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिँड्न रोक

सुनसरी ।  सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ । शनिबार अपराहन्न सप्तकोशीमा ५ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुलाई पुलबाट हिँड्न रोकिएको छ भने सवारी साधनलाई भने जान दिइएको प्रहरीले जानकारी दिएको छ । सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा […]

Sep 28, 2024 - 13:19
 0
कोशी ब्यारेजमा पुलमाथि पानी, पैदल हिँड्न रोक

सुनसरी ।

 सप्तकोशी नदीको जलसतह बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।

शनिबार अपराहन्न सप्तकोशीमा ५ लाख २१ हजार क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको थियो । पानीको सतहले पुललाई नाघेपछि पैदल यात्रुलाई पुलबाट हिँड्न रोकिएको छ भने सवारी साधनलाई भने जान दिइएको प्रहरीले जानकारी दिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुने बित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register