लन्डनमा भव्य बन्यो नेपाली मेला

लन्डन । लन्डनमा आइतबार १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । तमुधिं यूकेले विगत जस्तै केम्पटन पार्क रेस कोर्समा मेला गरेको हो । मेलामा करिब ६ हजार सहभागी भए । मेलामा बेलायतका ४२ नेपाली संघसंस्थाले प्रस्तुत गरेका विभिन्न मौलिक झांकी र नृत्यले लन्डन नेपालमय बनेको थियो । नेपाली मेलाको मुख्य आकर्षण सांस्कृतिक […]

Aug 26, 2024 - 11:41
 0
लन्डनमा भव्य बन्यो नेपाली मेला

लन्डन । लन्डनमा आइतबार १५ औं नेपाली मेला भव्य रुपमा सम्पन्न भएको छ । तमुधिं यूकेले विगत जस्तै केम्पटन पार्क रेस कोर्समा मेला गरेको हो ।

मेलामा करिब ६ हजार सहभागी भए । मेलामा बेलायतका ४२ नेपाली संघसंस्थाले प्रस्तुत गरेका विभिन्न मौलिक झांकी र नृत्यले लन्डन नेपालमय बनेको थियो ।

नेपाली मेलाको मुख्य आकर्षण सांस्कृतिक झाँकी नै रह्यो । गायन, नृत्य, राफल ड्र, विभिन्न च्यारिटी, खाना र जनचेतनामूलक स्टलहरुमा पनि सहभागी झुम्मिएका देखिन्थ्यो ।

मेलामा कलाकारहरु राजन गुरुङ, शिवदास गुरुङ, नेसन पुन, आरुषी मगर लगायतले आ–आफ्नो प्रस्तुति दिए ।

मेलामा झांकी र नृत्य दुवैमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूकेले एम्बासडर तथा एनआरएनए कप जितेको छ भने फष्ट रनर अप भयो किरात याक्थुङ चुम्लुङ यूके । त्यसैगरि, सेकेन्ड रनर अप र सान्त्वना पुरस्कार क्रमशः किरात राई यायोख्या यूके र शेर्पा एसोसिएसन यूकेले जिते । प्रेसिडेन्ट च्वाइस अवार्ड किरात राई यायोख्या यूकेले प्राप्त गरेको छ ।

उत्कृष्ट झांकी र नृत्य प्रस्तुत गर्ने पासा पुचलाई लन्डन दूतावासले प्रायोजन गर्ने ११०० पाउण्डको एम्बासडर कप प्रदान गरियो भने रनरअपले ७०० र सेकेन्ड रनरअपले ५०० पाउण्ड, सर्टिफिकेट एवं मेडल पाए । एम्बासडर कप विजेतालाई एनआरएनए कपसहित ३०० पाउण्ड पनि प्रदान गरियो ।

झांकीमा उत्कृष्ट प्रदर्शन गरि पासा पुच गुथि यूके वीनर बन्यो भने फष्ट रनर अप किरात याक्थुङ चुम्लुङ यूके र सेकेन्ड रनर अप किरात राई यायोख्या यूके भए ।

उता, नृत्यमा उत्कृष्ट प्रदर्शन गरि किरात याक्थुङ चुम्लुङ यूके वीनर बन्यो भने पासा पुच गुथि यूके फष्ट रनर अप र किरात राई यायोख्या यूके सेकेन्ड रनर अप भए ।

झांकी र नृत्यमा उत्कृष्ट प्रदर्शन गर्ने पहिलो समूहलाई ५०० पाउण्ड, रनरअपलाई ३०० पाउण्ड, र सेकेन्ड रनरअपलाई २०० पाउण्ड नगदसहित सर्टिफिकेट एवं मेडल प्रदान गरिएको थियो । विजेतालाई कार्यवहाक राजदूत रोशन खनाल, एनआरएनए अध्यक्ष डा. हरि केसी, तमुधिं यूके अध्यक्ष हरि गुरुङ लगायतले पुरस्कार प्रदान गरे ।

तमुधिं यूके सल्लाहकार साहित्यकार एकेन्द्र गुरुङको प्रमुख संयोजकत्वमा झाँकीको निर्णायक मण्डलमा मगर संघ यूकेकी ट्रष्टी तथा पत्रकार जमुना पुन, समाजसेवी तथा अन्तर्राष्ट्रिय साहित्य समाज बेलायतका निवर्तमान अध्यक्ष सुमलकुमार गुरुङ, गीतकार शशी थापा सुब्बा र वरिष्ठ संगीतकार दिनेश सुब्बा थिए भने नृत्यतर्फको निर्णायक मण्डलमा कलाकार कविता घर्तीमगर, लक्ष्मी गुरुङ र अस्मिता रानामगर थिए ।

झांकीपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनालले विदेशमा नेपालीले गर्ने ठूलामध्ये एक इभेन्ट नेपाली मेलाको १५ औं संस्करण सफलतापूर्वक सम्पन्न गरेकामा आयोजक तमुधिं यूकेलाई बधाई दिइन् ।

वहुजातीय, वहुधार्मिक, बहुसांस्कृतिक नेपाललाई मेलाले दुरुस्त चित्रण गर्ने गरेको र राजदूतावास यसमा सहकार्य गर्न पाउंदा एकदमै गर्व महशुस भएको खनालले बताइन् । खनालले मेला बेलायतका सबै नेपालीलाई एकताको सूत्रमा बांध्ने एक महत्वपूर्ण प्लेटफर्म भएको समेत बताइन् ।

कार्यक्रमका विशेष अतिथी गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. बद्री केसीले संविधानले गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सहितको नागरिकता प्रदान गरे पनि पूर्ण अधिकारसहितको नागरिकताका लडिरहने उद्घोष गरे ।

केसीले एनआरएनए नागरिकता लिन कयौं जटिलता भएको स्वीकार्दै अक्टोबरभित्र एनआरएनए नागरिकता पूर्ण रुपमा कार्यान्वयनमा आउने विश्वास व्यक्त गरेका थिए ।

अध्यक्ष केसीले भूपू गोर्खा आन्दोलनमा संघ सधैं एकसाथ रहेको उल्लेख गर्दै उनीहरुका माग सम्बोधनमा नेपाल सरकारले प्राथमिकता दिनु पर्ने पनि बताए ।

एनआरएनए यके अध्यक्ष हितकाजी गुरुङले नेपाली मेलालाई सबैले अपनत्व महशुस गर्नु पर्ने जनाउंदै यसलाई निरन्तरतामा जोड दिए ।

तमुधिं यूके अध्यक्ष हरि गुरुङले नेपाली कला संस्कृति, संस्कार, भेषभूषा, परम्परा आदि जगेर्ना र पुस्तान्तरण मेलाको ध्येय भएको जनाउंदै मेला सफल बनाउन सहयोग गर्ने मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङसहितसबैप्रति आभार व्यक्त गरे । उनले मेला कुनै अमुक जाती, धर्म वा राजनीतिबाट प्रेरित नभएको जनाउंदै सबै जातजातीबाट माथि उठेर मेला गरिएको उनले बताए ।

महासचिव डा. विशाल गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक तथा उपाध्यक्ष परशु गुरुङले स्वागत मन्तव्य दिए । अध्यक्ष हरि गुरुङ, संस्थापक अध्यक्ष मिनबहादुर गुरुङ र कार्यक्रम संयोजक तथा उपाध्यक्ष परशु गुरुङले दीप प्रज्वलन गरेर मेला आरम्भ गरेका थिए । तस्विर- मिलन तमु/शिव भण्डारी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register