पत्रकार महासङ्घविरुद्ध सर्वोच्चमा रिट, वैकल्पिक माध्यमबाट निकास दिन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । तोकिएको समयमा निर्वाचन गराउन नसकेको भन्दै सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट दायर गराएका हुन् । वैकल्पिक माध्यमबाट निर्वाचन गराएर संस्थालाई निकास दिनुपर्ने माग निवेदनमा गरिएको छ । निवेदनमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको […]

Sep 23, 2024 - 09:29
 0
पत्रकार महासङ्घविरुद्ध सर्वोच्चमा रिट, वैकल्पिक माध्यमबाट निकास दिन माग

काठमाडौं । नेपाल पत्रकार महासङ्घविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

तोकिएको समयमा निर्वाचन गराउन नसकेको भन्दै सोमबार ध्रुवप्रसाद चौलागाईंले पत्रकार महासङ्घलाई विपक्षी बनाएर रिट दायर गराएका हुन् । वैकल्पिक माध्यमबाट निर्वाचन गराएर संस्थालाई निकास दिनुपर्ने माग निवेदनमा गरिएको छ ।

निवेदनमा अब प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्न माग गरिएको छ ।

यस्तै अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेश आदेश जारी गर्न पनि माग गरिएको छ ।

“नेपाल पत्रकार महासङ्घको मिति २०८१।०५।२८ गतेको मतदाता नामावलीसम्बन्धी जे-जस्तो निर्णय भए पनि झिकाइ उक्त प्रेस विज्ञप्तिसम्बन्धी निर्णयलगायतका सबै निर्णय पत्राचारहरू विपक्षीहरूबाट झिकाइ उत्प्रेषणको आदेशले बदर गरी नेपाल पत्रकार महासङ्घको विधानको दफा ३५ (७) बमोजिम पटक पटक मिति तोक्दा पनि निर्वाचन गर्न नसक्ने वर्तमान केन्द्रीय समितिले विधानबमोजिम निर्वाचन गर्न नसक्ने भएकोले प्रदेश र जिल्ला अध्यक्षहरू सम्मिलित राष्ट्रिय भेला आयोजना गरी सोही भेलाको निर्णयबाट समितिले गरेका काम कारबाहीबारे आवश्यक निर्णय गर्नुका साथै बढीमा ६ महिनाभित्र निर्वाचन गर्ने गरी मिति तोक्नु र अघिल्लो वार्षिक साधारण सभामा सहभागी पुराना सदस्यहरूलाई निर्वाचनमा सहभागी हुने व्यवस्था गरेर मात्रै निर्वाचन गर्नु भनी विपक्षीहरूका नाममा परमादेशको आदेश जारी गरी पाउँ,” रिटमा भनिएको छ ।

यसअघि पटक-पटक निर्वाचनको मिति तोकिएको थियो । तर, हुन सकेको छैन । यसपछि निर्वाचित अध्यक्ष विपुल पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले राजीनामा दिएपछि कार्यवाहक अध्यक्ष बनेका रमेश विष्टले पनि राजीनामा दिइसकेका छन् ।

यसपछि सर्वोच्चमा रिट दायर भएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register