‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ पूर्णिमालाई 

काठमाडौं । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ बाट सम्मानित भएकी छन् । ‘जीवनको यो आफ्नै नाटक’ गीतबाट उनले यो अवार्ड हात पारेकी हुन् । सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड-२०२४ समारोहका बीच पूर्णिमा उक्त अवार्डबाट सम्मानित भएकी हुन् । नेपाली गीत-सङ्गीत क्षेत्रमा पुर्‍याएको योग्दानको उच्च मूल्याङ्कन गर्दै पूर्णिमालाई […]

Sep 23, 2024 - 10:57
 0
‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ पूर्णिमालाई 

काठमाडौं । गायिका पूर्णिमा लामा ‘सर्वोत्कृष्ट गायिका अवार्ड-२०२४’ बाट सम्मानित भएकी छन् ।

‘जीवनको यो आफ्नै नाटक’ गीतबाट उनले यो अवार्ड हात पारेकी हुन् ।

सुकेधारास्थित नवदुर्गा पार्टी भेन्यूमा आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड-२०२४ समारोहका बीच पूर्णिमा उक्त अवार्डबाट सम्मानित भएकी हुन् ।

नेपाली गीत-सङ्गीत क्षेत्रमा पुर्‍याएको योग्दानको उच्च मूल्याङ्कन गर्दै पूर्णिमालाई उक्त अवार्डबाट सम्मानित गरिएको आयोजकले जनाएको छ ।

डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय पूर्णिमाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’लगायत सयौं गीत सार्वजनिक भएका छन् ।

अवार्ड ग्रहण गर्दै पूर्णिमा, हस्तान्तरण गर्दै कांग्रेस नेता अजयबाबु शिवाकोटीलगायत ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register