एक दिन पनि टिकेन नेप्सेमा हरियाली, ५९ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । हिजो सामान्य अंकले बढेको सेयर बजार एक दिन पनि टिक्न नपाउँदै आज भारी अंकले ओरालो लागेको हो । सोमबार नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर २५२९ दशमलव ३३ को विन्दुमा पुगेको छ । आज ३२९ कम्पनीका ७७ हजार १ सय […]

Sep 23, 2024 - 10:57
 0
एक दिन पनि टिकेन नेप्सेमा हरियाली, ५९ अंकको गिरावट 

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा भारी अंकको गिरावट आएको छ । हिजो सामान्य अंकले बढेको सेयर बजार एक दिन पनि टिक्न नपाउँदै आज भारी अंकले ओरालो लागेको हो ।

सोमबार नेप्से परिसूचक ५९ दशमलव ०२ अंकले घटेर २५२९ दशमलव ३३ को विन्दुमा पुगेको छ । आज ३२९ कम्पनीका ७७ हजार १ सय ५३ पटकको कारोबारमा १ करोड ३५ लाख ३५ हजार ९०३ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ६६ करोड तीन लाख २ हजार रुपैयाँको कारोबार भएको छ ।

१४ कम्पनीको सेयर मूल्य बढ्दा २२९ वटाको घटेको छ । १३ उपसमूहमध्ये सबै राताम्मे छन् भने आज नेपाल फाइनान्स लिमिटेडमा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register