हाई हाई… हुँदै बिदाइ भए बाजुराका सिडिओ : पौडेल 

बाजुरा।      यतिबेला बाजुराका होटेल पसल गाउँ देखि बजार सबै ठाउँमा सिडिओ भीमकान्त पौडेलको चर्चा छ । कुशल प्रशासक ,मिलनसार अनि सहयोगी भावका मिजासिलो स्वभावका भीमकान्त सर जस्ता सिडिओ अब बाजुरेलीले पाउनेकी नपाउने । अब आउने सिडिओ कस्तो आउने हुन यि र यस्तै खालका चर्चा परिचर्चा हुन थालेका छन्। एक वर्ष समय अवधि पगेपछि […]

Sep 24, 2024 - 12:32
 0
हाई हाई… हुँदै बिदाइ भए बाजुराका सिडिओ : पौडेल 

बाजुरा। 

    यतिबेला बाजुराका होटेल पसल गाउँ देखि बजार सबै ठाउँमा सिडिओ भीमकान्त पौडेलको चर्चा छ । कुशल प्रशासक ,मिलनसार अनि सहयोगी भावका मिजासिलो स्वभावका भीमकान्त सर जस्ता सिडिओ अब बाजुरेलीले पाउनेकी नपाउने । अब आउने सिडिओ कस्तो आउने हुन यि र यस्तै खालका चर्चा परिचर्चा हुन थालेका छन्। एक वर्ष समय अवधि पगेपछि प्रमुख जिल्ला अधिकारी पौडेलको गतसाता गृह मन्त्रालयमा सरुवा भएपछि यति वेला जिल्लाका सरकारी कार्यालय ,स्थानीयतह र निजी तथा सामुदायिक संस्थाबाट प्रजिअ पौडेलेको दिनहुँ बिदाइ कार्यक्रम गरिएका छन् । 

 शुत्रबार दउँसो  उद्योग वाणिज्यसंघ बाजुराले आयोजना गरेको “फेरिभेटौला  ”कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी पौडेलले भने- बाजुरामा सरकारी कर्मचारी अझ सुरक्षा र विकासे निकायका अधिकारीहरु बस्न गाह्रो छ भन्ने भ्रम चिर्न जरुरी छ । एक वर्षको वसाइँमा बाजुराका सबै राजनीतिक दल विकासे अड्डा सुरक्षा निकाय , उद्योगी ब्यपारी लगायत आम नागरिकबाट भरिपूर्ण सहयोग पाएर नै  आफ्नो कार्यकाल सफल भएको बताए । वर्ष दिनमा कुनैपनि अप्रिय घटना नभएको वाडीपहिरो लगायत देविप्रकोपबाट कुनै बाजुरेलीले पनि अकालमा ज्यान गुमान नपरेको । सदरमुकाम सम्म सडक सञ्जाल निरन्तर सञ्चालनमा ल्याएको र छुटफुट घटना वहायक कुनैपनि जघन्य आपराधिक घटना पनि नभएको प्रजिअ पोडेलले बताए ।  

 सहायद मलाई लाग्छ मेरो समन्वयकारी भूमिकाले होला म सफल भएर जादैछु, आफू कुनैपनि दल प्रति समर्पित नभएर नागरिकको  सेवक भएर आएँ सेवा गर्ने मौका पाएँ उनको भनाई थियो । मनोलिसाको सिद्धान्तअनुसार जुन मान्छेले जुनढंगले हेर्यो त्यहि प्रतिक्रिया झल्कन्छि ।  हेर्ने विचार भवाले संसार राम्रो देखे राम्रै  देखिन्छ । मैले मनोलिसाकै रुपमा प्रस्तुत हुन चाहन्थे म भेदभावरहित र तटस्थ  हुन चान्थें मेरो कलर सुशासन, सर्भेस डेलिभरी र गुडगभरनेन्समा  देखिनुपर्थ्यो र त्यही देखाए । मैले राजनीतिक, जातीय क्षेत्रीय भेदभावको कलर देखाएको भए सायद  आज म सफल सिडाओ हुँदैन थिए र सयौँ बाजुरेली र दर्जनौँ  संघ संस्थाबाट सम्मानित भएर जांदैन थिए होला। केही दिन अगाडी एकआध अधिकृत कर्मचारी लुकेर गए जसरी भाग्नुपर्थ्यो होला । यहाँ आफ्नो परम् कर्तब्यबोध  राष्ट्रसेवकको कलर छोडेर अर्कैं कलर देखाउने कर्मचारीले राराता रात भाग्नुपरको पनि छ । त्यो आफूमा भरपर्ने कुरा हो उनको भनाई थियो ।   साहेद मेरो कामलाई सम्झेर होला  हप्तादिन देखि बाजुरेली समुदायका दर्जनौँ संघ संस्थाबाट बिदाइ तथा मायाको चिनो पाएको छु । यही सम्पत्ति बोकेर म जिल्ला बाहिर जंदैछु  ।

 उनले जिललाकै विकास र समृद्धकिा सवालमा बाजुरालाई काठमाण्डौंले हेर्ने दृष्टिकोण भन्दा फरक पाएको छु । सिडियो लगायत कर्मचारी कुटिन्छन् काम गर्न अप्ठेरो जिल्ला आदिईत्यादी अफावाहा सुनिन्थे । तर, आफू कर्तव्यनिष्ठ भएर काम गरे केही हुँदैन यो त खाली भ्रमरहेछ भन्ने सिकाई भयो उनले भने ।

 यहाँको अपार सम्पदा बडिमालका खप्तड, बुढीनन्दा लगायतका  धार्मिक पर्यटकीय क्षेत्र हराभरा खेतीयोग्य जमिन अपार जलसम्पादाका प्रयोग गर्नसके बाजुरेली युवाले विदेशीनै पर्दैन । बडिमालिकाको  प्रचारसंगै त्यहाँ भौतिक संरचना ब्यबस्थापन गर्नसके समृद्ध बाजुरा बनाउन कही जान नपर्ने सुझाब उनको थियो ।  कर्णालीको १९०२ मेगावाट विद्युत् उत्पादनका लागि आवश्यक पर्ने  विर्सैंनकोको जग्गा उपलब्ध गराउन पाएकोमा उल्लेखनीय कामका रुपमा लिएको छुु । एसईईको मोका परीक्षाको केन्द्र  मार्तडीबाट  जनप्रकाश मावि कोल्टी र भानोदय मावि बुढीगंगामा सर्दा मात्र विद्यार्थीको  करोड रुपियाँ  खर्च जोगाएकोमा खुशी ब्यक्त गरे ।  त्यसैगरी  कानुनतः नागरिकता पाउनुपर्ने तर प्रक्रिया पुर्‍याउन नसकेका गरिब असाह्रय दर्जनौँ नागरिकलाई नागरिकता वितरण गर्नसफल भए। एक वर्षको कार्यकालको यिनलाई मुख्य उपलब्धि ठानेको छु ,प्रजिअ पौडेलले भने। 

 जिल्लामा  सरकारी कर्मचारी बस्नका लागि वातावरण तयार स्थानीय राजनीतिक दल र समुदायले बनाउनुपर्ने । राष्ट्रसेवक कर्मचारीले राजनीतिक कलर नदिने र सर्वदलीय सर्वपक्षीय सबैको पहलमा जिल्लाको विकास निर्माणमा ध्यय हुनुपर्नेमा जोड दिनुभएको थियो ।

    प्रमुख जिल्ला अधिकारी पौडेलको कार्यशैलीले बाजुरामा सरकारी कर्मचारी बस्ने वातावरण छैन भन्ने भ्रम चिरेको छ। नागरिकको सेवामा समर्पित भएकै कारण  सिडिओ  पौडेललाई दर्जनौँ संघसस्थाले बिदाइ फुलमाला लगाएर पठाए , विवाद रहित काम गरे सबै कर्मचारीलाई यसरीनै बिदाइ गर्नेछौं  । आउने वेला स्वागत गथ्र्यौं जानेवेला कुन बाटो जान्थे पत्तो हुँदैनथ्यो । जिल्लामा पहिलोपटक सिडिओको औपचारक बिदाइ गर्न पाउँदा खुशी छौं ,उद्योग वाज्यिसघ बाजुराका अध्यक्ष देवबहादुर रोकायाले भने । प्रजिअ पौडेल जिल्लाको असल अभिभावक हुनुहुन्थ्यो शससत्र प्रहरीवल बाजुराका प्रमुख  एबं डिएस्पी स्याम रावतले भने ।  सहारा स्याउ फर्म  देखि उद्योगवाणिज्यसंघ , जिल्लाका स्थानीय तहहरु, कर्मचारी मिलनकेन्द्र लगायत दजनौं संघ संस्थाले प्रजिअ पौडेलको औपचारिक बिदाइ गरेका थिए भने बुधबारदेखि प्रजिअ पौडेलले बाजुरेलीबाट हाइ हाई हुँदै  बिदाइ हुने भएका छन् । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register