आज नेपालले ओमानविरुद्ध खेल्दै

झापा, ८ असोज । आइसिसी विश्वकप लिग टूमा मङ्गलवार नेपालले ओमानविरुद्ध खेल्दै छ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ । विश्वकप लिग टूमा निकै खराब सुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको [...] The post आज नेपालले ओमानविरुद्ध खेल्दै appeared first on Jhapa Online.

Sep 24, 2024 - 15:06
 0
आज नेपालले ओमानविरुद्ध खेल्दै

झापा, ८ असोज । आइसिसी विश्वकप लिग टूमा मङ्गलवार नेपालले ओमानविरुद्ध खेल्दै छ । क्यानडा भ्रमणमा रहेको राष्ट्रिय क्रिकेट टिमले दोस्रो पटक ओमानविरुद्ध खेल्न लागेको हो । खेल राति पौने ९ बजे सुरु हुनेछ ।

विश्वकप लिग टूमा निकै खराब सुरुवात गरेको नेपाल पछिल्ला ५ खेलमा पराजित छ । घरेलु टोली क्यानडासँग दुई खेल गुमाएको नेपालले ओमानविरुद्धको पहिलो खेल समेत हार्न पुगेको थियो । लिग टूका सुरुवात ७ मध्य नेपालले मात्र एक खेलमा जित निकाल्दै दुई अङ्क जोडेको छ । लिगको दोस्रो खेलमा नेदरल्याण्ड्सलाई हराउनु बाहेक नेपालले लिग टूमा जित देख्न पाएको छैन । नामिबिया र नेदरल्याण्ड्सँग घरेलु मैदानमा तीन खेल हारेको नेपालले क्यानडा भ्रमणमा जित निकाल्न सकेको छैन ।

निरन्तरको हारले खेलाडीमाथि जितको दबाब बढ्दो छ भने नेपाल लिग तालिकामा पुछारदेखि दोस्रोमा छ । पुछारमा रहेको यूएई र नेपालको मात्र समान दुई अङ्क छ । टिमका खेलाडी परिवर्तन गर्दा समेत ब्याटिङ लाइन चल्न सकेको छैन । तल्ला क्रमका ब्याट्सम्यानले नेपालको ब्याटिङलाई धरासायी हुनबाट जोगाए पनि माथिल्ला र मध्य क्रमका ब्याट्सम्यान चल्न सकेका छैनन् ।

पछिल्लो समय राष्ट्रिय क्रिकेट टिमका आफ्नो स्वभाविक लय पूर्ण रुपमा गुमाएको छ । जसले खेलाडी, प्रशिक्षक र टिममाथि दबाब थपिँदै गएको छ ।

The post आज नेपालले ओमानविरुद्ध खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register