काठमाडौं उपत्यकामा बाढीको कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अहिलेसम्म २१ जनाको मृत्यु भएको छ । बाढीमा परेर काठमाडौं ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिए । साथै, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने ६ जना बेपत्ता छन् । बाढीले काठमाडौंमा […]

Sep 28, 2024 - 08:37
 0
काठमाडौं उपत्यकामा बाढीको कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।

बाढीमा परेर काठमाडौं ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।

साथै, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने ६ जना बेपत्ता छन् ।

बाढीले काठमाडौंमा २२६ घर डुबाएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।

उद्धारका लागि नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register