कुशेश्वर महादेव मन्दिर परिसरमा फसेका ३३ जनाको उद्धार

सिन्धुली । नदीको बीचमा फसेका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जनाको उद्धार गरिएको छ । गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका थिए । शनिबार दिउँसो हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो । सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट […]

Sep 28, 2024 - 13:33
 0
कुशेश्वर महादेव मन्दिर परिसरमा फसेका ३३ जनाको उद्धार

सिन्धुली । नदीको बीचमा फसेका सुनकोशी गाउँपालिका–१ स्थित आदिलिङ्ग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकूलका ३३ जनाको उद्धार गरिएको छ ।

गुरुकूलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र दुई जना मन्दिरका पुजारी शुक्रबार रातिदेखि बाढीमा फसेका थिए । शनिबार दिउँसो हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो ।

सुनकोशी नदीमा जलसतह बढेर मन्दिरसम्म पुगेर रोशीखोलाले मन्दिरको दुवैतर्फबाट च्यापेकाले कतै भाग्ने अवस्था नरहेको फसेको गुरुकूलका शिक्षक नारायण घिमिरेले बताए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register