मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, काठमाडौं ल्याइँदै

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका ६ जना बालकको शव भेटिएको छ । उनिहरु बत्सलादेवी माविमा फुटबल प्रशिक्षणका क्रममा शनिबार बिहान पहिरोमा पुरिएर बेपत्ता भएका थिए । अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको बताइएको छ । एन्फाले गत वर्षदेखि संचालन गरेको फुटबल प्रशिक्षणमा ४० जना […]

Sep 28, 2024 - 13:53
 0
मकवानपुरमा पहिरोमा पुरिएका ६ बालकको शव भेटियो, काठमाडौं ल्याइँदै

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोमा बेपत्ता भएका ६ जना बालकको शव भेटिएको छ ।

उनिहरु बत्सलादेवी माविमा फुटबल प्रशिक्षणका क्रममा शनिबार बिहान पहिरोमा पुरिएर बेपत्ता भएका थिए ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को समन्वयमा नेपाली सेनाले बालकहरुको शव लिन हेलिकप्टर पठाएको बताइएको छ ।

एन्फाले गत वर्षदेखि संचालन गरेको फुटबल प्रशिक्षणमा ४० जना बालकहरुले प्रशिक्षण लिइरहेका थिए ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले  ६ जना बालकको शव लिन नेपाली सेनाको हेलिकप्टर विद्यालयमा आएको जानकारी दिए  ।

उनका अनुसार बाँकी ३४ जना बालकलाई पनि नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register