इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुखसँगै इरानका वरिष्ठ कमाण्डरको पनि मृत्यु

काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको हवाई आक्रमणमा इरानका एक वरिष्ठ कमाण्डर समेत मारिएका छन् । इरानी अधिकारीहरुले शुक्रबार हिजबुल्लाहका नेता हसन नसरल्लाहलाई लक्षित गरि भएको इजरायली हवाई आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डरको पनि ज्यान गएको बताएका हुन् । हमलामा इरानको रेभल्यूशनरी कुद्स फोर्सका अपरेसन कमाण्डर अब्बास निलफोरुशानको मृत्यु भएको हो । कुद्स फोर्स इरानको […]

Sep 28, 2024 - 16:57
 0
इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुखसँगै इरानका वरिष्ठ कमाण्डरको पनि मृत्यु

काठमाडौं । लेबनानको राजधानी बेरुतमा इजरायलले गरेको हवाई आक्रमणमा इरानका एक वरिष्ठ कमाण्डर समेत मारिएका छन् ।

इरानी अधिकारीहरुले शुक्रबार हिजबुल्लाहका नेता हसन नसरल्लाहलाई लक्षित गरि भएको इजरायली हवाई आक्रमणमा आफ्ना वरिष्ठ कमाण्डरको पनि ज्यान गएको बताएका हुन् ।

हमलामा इरानको रेभल्यूशनरी कुद्स फोर्सका अपरेसन कमाण्डर अब्बास निलफोरुशानको मृत्यु भएको हो ।

कुद्स फोर्स इरानको इस्लामिक रिभुल्यूसनरी गार्डको विदेशमा रहने बललाई चिनिन्छ  ।

इजरायली हमलामा अतिवादी समूह हिजबुल्लाका सर्वोच्च कमाण्डर हसन नसरुल्लाहको मृत्यु भएको पुष्टि भइसकेको छ ।

यो पनि पढ्नुहोस :

इजरायली आक्रमणमा हिजबुल्लाह प्रमुख नसरल्लाहको मृत्यु भएको पुष्टि

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register