धनुषामा हिरासत फोडेर भागेकामध्ये ४ थुनुवा पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीको हिरासत फोडेर आइतबार राति भागेकामध्ये चार थुनुवा पक्राउ परेका छन् । राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई सोमबार बिहान प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो । भागेका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो । लागूऔषध […]

Sep 23, 2024 - 10:57
 0
धनुषामा हिरासत फोडेर भागेकामध्ये ४ थुनुवा पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीको हिरासत फोडेर आइतबार राति भागेकामध्ये चार थुनुवा पक्राउ परेका छन् ।

राति हिरासतको भेन्टिलेसन फोडेर ९ थुनुवा फरार भएका थिए । जसमध्ये सत्यम झालाई सोमबार बिहान प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो ।

भागेका आठ जनामध्ये थप तीनजनालाई प्रहरी धनुषाको विदेह नगरपालिकाको वैदेही स्टेशनस्थित लखौरी भन्ने स्थानको धानखेतबाट पक्राउ गरेको हो ।

लागूऔषध मुद्दाका अभियुक्त धनुषाको विदेह नगरपालिका ७ का २४ वर्षीय रोशन कुमार मण्डल, सिरहा नगरपालिका १३ का ३३ वर्षीय अभास्कर कुमार यादव र अभद्र व्यबहार मुद्दाका जनकपुरधाम ४ का २२ वर्षीय विक्की कार्कीलाई प्रहरीले पुन: नियन्त्रणमा लिएको छ ।

अझै फरार रहेका ४ जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

जिप्रका धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register