१६ देशका प्रस्तावित राजदूतको नाम अनुमोदन हुँदा अड्कियो भट्टराईको नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो । विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरे पनि भट्टराईको बाँकी छ । भट्टराईले स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध […]

Sep 23, 2024 - 12:17
 0
१६ देशका प्रस्तावित राजदूतको नाम अनुमोदन हुँदा अड्कियो भट्टराईको नाम

काठमाडौं । श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको नाम अनुमोदन गर्ने वा अस्वीकार गर्ने भन्ने निर्णय लिन बोलाइएको संसदीय सुनुवाइ समितिको बैठक बस्दै नबसी स्थगित भएको छ । आवश्यक सांसदहरूको अनुपस्थितिले स्थगित भएको हो ।

विभिन्न १६ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन गरे पनि भट्टराईको बाँकी छ । भट्टराईले स्नातक तहको शैक्षिक प्रमाणपत्र उपलब्ध नगराएको भन्दै नाम अनुमोदन गरिएको थिएन ।

यसअघि आइतबारका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो । नाम स्वीकृत वा अस्वीकृत गर्न समितिमा रहेका दुई तिहाई बहुमत सांसदहरूको उपस्थिति अनिवार्य हुन्छ ।

सोमबार बसेको बैठकमा समितिमा रहेका १५ सांसदमध्ये ८ जना मात्रै उपस्थित भएकाले निर्णय लिन नसकिएको समिति सभापति ईश्वरीदेवी न्यौपानेले बताइन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register