नख्खु घटना : बेपत्ता ४ मध्ये ३ जनाको उद्धार, पाटनमा उपचार हुँदै

काठमाडौं । नख्खु खोलाले बगाउँदा बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार गरिएको छ । शनिबार ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिक नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका थिए । तीमध्ये तीनजनाको उद्धार गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका एसएसपी शेखर खनालले जानकारी दिए । एक जनाको भने उद्धार […]

Sep 28, 2024 - 08:49
 0
नख्खु घटना : बेपत्ता ४ मध्ये ३ जनाको उद्धार, पाटनमा उपचार हुँदै

काठमाडौं । नख्खु खोलाले बगाउँदा बेपत्ता भएका ४ जनामध्ये ३ जनाको उद्धार गरिएको छ ।

शनिबार ललितपुर महानगरपालिका १४ नखिपोटस्थित कान्तिपुर कोलोनि नजिक नख्खु खोलाले बगाउँदा एक महिला, दुई पुरुष र एक बालक बेपत्ता भएका थिए ।

तीमध्ये तीनजनाको उद्धार गरिएको ललितपुर जिल्ला प्रहरी परिसरका एसएसपी शेखर खनालले जानकारी दिए ।

एक जनाको भने उद्धार गर्न सकिएन । बेपत्ताको खोजी जारी रहेको एसएसपी खनालले बताए । उद्धार गरिएकाको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

बाढीमा फसेका उनीहरूले टहराको छानोमा बसेर लामो समय उद्दारका लागि कुरिरहेका थिए । तर, उद्धार नहुँदा खोलाले बगाएको थियो ।

यस घटनामा गृहमन्त्री रमेश लेखकले नख्खु खोलामा बाढीले बगाएका चार जनाको उद्धार प्रयास गर्दागर्दै नसकिएको बताएका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register