झापामा दुईजना बाढीमा बगे

झापा । झापामा दुईजना बाढीमा बगेका छन् । उनीहरू छुट्टाछुट्टै खोलामा आएको बाढीमा बगेको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण आएको कृष्णे खोलामा आएको बाढीमा कमल गाउँपालिकाका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् । माछा मार्न खोलामा गएका उनी बेपत्ता भएका हुन् । यस्तै कचनकवल गाउँपालिका १ स्थित चमर भित्ताबाट झकुवा टोल आउँदै […]

Sep 28, 2024 - 02:29
 0
झापामा दुईजना बाढीमा बगे

झापा । झापामा दुईजना बाढीमा बगेका छन् । उनीहरू छुट्टाछुट्टै खोलामा आएको बाढीमा बगेको प्रहरीले जनाएको छ ।

अविरल वर्षाका कारण आएको कृष्णे खोलामा आएको बाढीमा कमल गाउँपालिकाका ३५ वर्षीय टीकाराम चौधरी बेपत्ता भएका छन् ।

माछा मार्न खोलामा गएका उनी बेपत्ता भएका हुन् ।

यस्तै कचनकवल गाउँपालिका १ स्थित चमर भित्ताबाट झकुवा टोल आउँदै गरेकी १४ वर्षीया नेहारिका राजवंशीलाई जमुवालाई खोलामा आएको बाढीले बगाएको हो ।

उनी बेपत्ता छिन् तर, खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

झापामा अरु धेरै पुल तथा पूर्वाधारहरूमा क्षति पुगेको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register