खुर्कोट बजार क्षेत्रमा सुनकोशीको बहाव पस्यो, मानिस र बन्दोवस्तीका सामान सारिँदै

काठमाडौं । सिन्धुलीको खुर्कोट बजारमा सुनकोशीको बहाव पसेको छ । लगातारको वर्षापछि बढेको सुनकोशीको बहाव बजार क्षेत्र पस्दा स्थानीय त्रसित बनेका छन् । यसैबीच सशस्त्र प्रहरीको बेसमा बाढी पसेको छ । यसपछि त्यहाँबाट हतियार र बन्दोवस्तीका सामान सारिएको छ । सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार क्याम्पबाट हतियारलगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको हो । यस्तै गोलान्जोर […]

Sep 28, 2024 - 02:37
 0
खुर्कोट बजार क्षेत्रमा सुनकोशीको बहाव पस्यो, मानिस र बन्दोवस्तीका सामान सारिँदै

काठमाडौं । सिन्धुलीको खुर्कोट बजारमा सुनकोशीको बहाव पसेको छ । लगातारको वर्षापछि बढेको सुनकोशीको बहाव बजार क्षेत्र पस्दा स्थानीय त्रसित बनेका छन् ।

यसैबीच सशस्त्र प्रहरीको बेसमा बाढी पसेको छ । यसपछि त्यहाँबाट हतियार र बन्दोवस्तीका सामान सारिएको छ । सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार क्याम्पबाट हतियारलगायतका सामान इलाका प्रहरी कार्यालयमा सारिएको हो ।

यस्तै गोलान्जोर गाउँपालिका ७ स्थित खुर्कोटको तल्ला बजारका प्रभावित घरहरूबाट सामान र मानिसहरूलाई अन्यत्र सार्ने काम भइरहेको पनि एसपी काफ्लेले जानकारी दिए ।

“उनीहरूलाई सुरक्षित स्थानतिर सार्ने काम भइरहेको छ,” उनले भने, “मानिस र सामानहरू सार्ने काम भइरहेको हो ।”

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register